जेठ, चितवन । आज बिहिबार विहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङ्ग तर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको मालबाहक ट्रक र काठमाण्डौ बाट विरगञ्ज फर्कदैँ गरेको ना ८ ख १५५२ नम्बरको टेलर एक आपसमा ठोक्किदा एक जना चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक कञ्चन तामाङले जानकारी दिनुभयो । घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनाका कारण नारायणगढ –मुग्लिन सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । सामान लोड भएको ट्रकको अगाडीको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकोले निकाल्नको लागि चितवनबाट क्रेन मगाइएको उहाँले जानकारी दिनुभयो । नारायणगढ– मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ स्थित तुइन खोला पुलमा दुई सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
हेल्लो चितवन साप्ताहिक
भरतपुर, चितवन, नेपाल
ईमेल: hellochitwan@gmail.com
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७
स्थायी लेखा नम्बर-६०२९४६८७
कम्पनी दर्ता नम्बर-0000000000
हुलाक दर्ता नम्बर: 0000000
संचालक तथा सम्पादक दिपक पौडेल
सह सम्पादक अपडेट हुँदै छ
कार्यकारी सम्पादक अपडेट हुँदै छ
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ अपडेट हुँदै छ
प्रतिक्रिया दिनुहोस