भदौं, काठमाडौं । निजी प्रयोगशालामा कोरोना भाइरसको परिक्षण गराउँदा पोजेटिभ देखिएमा अब कोरोना बीमा गरेकाहरुले सोको आधारमा दाबी भुक्तानी नपाउने भएका छन् । बीमा समितिले बिहिबार बीमा समितिको नाममा जारी गरेको सर्कुलरमा निजी ल्याबमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा भुक्तानी नगर्न बिमा कम्पनीहरुलाई निर्देशन गरेको हो ।
निर्देशनमा भनिएको छ, ‘कोभिडको दाबी भुक्तानी दिँदा स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनू होला ।’
बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले कोरोना बीमा क्लेममा आशंका देखिएपछि सो सर्कुलर जारी गरिएको बताए । उनले निजि ल्याबमा परिक्षण गराएर कोरोना पोजेटिभ देखिएको रिपोर्टमा शंका गर्ने ठाउँ भटिएकोले यस्तो गरिएको बताए ।
उनले भने, ‘अहिलेसम्म ९ लाख ४ हजार २३७ जनाले कोरोना बीमा गरेका छन् । सोमध्ये ५० हजारको बीमाकं गर्ने ३६ जनाले दाबी भुक्तानी लिइसकेका छन् भने एक लाख बिमाकं रकम भएकाले २१३ जनाले भुक्तानी लिइसके ।’
त्यस्तै उनले ५० हजार बीमाकं रकममा १२९ वटा दाबीको भुक्तानी हुन बाँकी छ भने एक लाख बीमाकंको एक हजार ९८ जनाको भुक्तानी हुन बाँकी रहेको बताए । बैशाखबाट शुरु भएको कोरोना बीमा पोलीसीबाट ५३ करोड ५८ लाख ३८२ रुपैयाँ प्रिमियम संकलन भइसकेको पौडेलले बताए ।@insurencekhabar
हेल्लो चितवन साप्ताहिक
भरतपुर, चितवन, नेपाल
ईमेल: hellochitwan@gmail.com
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७
स्थायी लेखा नम्बर-६०२९४६८७
कम्पनी दर्ता नम्बर-0000000000
हुलाक दर्ता नम्बर: 0000000
संचालक तथा सम्पादक दिपक पौडेल
सह सम्पादक अपडेट हुँदै छ
कार्यकारी सम्पादक अपडेट हुँदै छ
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ अपडेट हुँदै छ
प्रतिक्रिया दिनुहोस