फाल्गुन , चितवन । काँग्रेस चितवनको आयोजनामा भरतपुरको चौविसकोठी चोकमा दिउँसो विरोधसभा हुने छ। विरोधसभालाई नेपाली काँग्रेसका युवा नेता एवंम पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस चितवनका सभापति जितनाराण श्रेष्ठले जानकारी दिए ।
संसद विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको काग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताका लागि आह्वानसमेत गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल पनि गरेका छन्।
‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ। पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’ देउवाले भनेका छन्।
नेपाली कांग्रेस एवं भ्रातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेका छन्।
हेल्लो चितवन साप्ताहिक
भरतपुर, चितवन, नेपाल
ईमेल: hellochitwan@gmail.com
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८५५०५४६६७
स्थायी लेखा नम्बर-६०२९४६८७
कम्पनी दर्ता नम्बर-0000000000
हुलाक दर्ता नम्बर: 0000000
संचालक तथा सम्पादक दिपक पौडेल
सह सम्पादक अपडेट हुँदै छ
कार्यकारी सम्पादक अपडेट हुँदै छ
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ अपडेट हुँदै छ
प्रतिक्रिया दिनुहोस